फिरोज तिमल्सिनाकाे फिल्म निर्देशनमा डेब्यु, ‘कहाँ गयौ तिमी’ निर्माण घाेषणा

हिमाल प्रेस १ भदौ २०८२ १३:०५ | Sunday, August 17, 2025
फिरोज तिमल्सिनाकाे फिल्म निर्देशनमा डेब्यु, ‘कहाँ गयौ तिमी’ निर्माण घाेषणा

काठमाडौँ- फिरोज तिमल्सिनाको डेब्यु निर्देशनमा फिल्म ‘कहाँ गयौ तिमी’ बन्ने भएको छ। श्रीकृष्ण जन्माष्टमीमा शनिबार फिल्मको शीर्षक घोषणा गरिएको हो।

शीर्षकअनुसार फिल्म लभस्टोरी जनरामा बन्ने संकेत छ। यसबारे निर्माण टिमले खुलाएकाे छैन। फिल्मकाे कथा जीवन आचार्यले लेखेका छन्।

निर्देशक फिरोजले फेसबुकमा फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन्। पोस्टरमा वर्षायाममा लाग्ने कुहिरो, डाँडातिर एक घर र नजिकै अग्लो रूखलाई आकर्षित गरिएको छ।

घोषणासँगै सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ। चाहिने बेला कहिले फेला पर्दैन। आज फिल्म निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुबै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।’

फिल्ममा कलाकार र निर्माता सार्वजनिक गरिएको छैन। केही समयपछि सम्पूर्ण टिम, कलाकार, छायांकनको समयबारे जानकारी दिने उनले बताए। फिल्म सहारा फिल्म्सको ब्यानरमा बन्नेछ।

तिमल्सिनाले यसअघि ‘दर्पण छाया २’ मा अभिनय गरेका थिए। उनले नेपाल आइडल सिजन-१ मा रियालिटी प्रोड्युसर तथा एपिसोड डिरेक्टर, भ्वाइस अफ नेपालमा फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीको रूपमा काम गरिसकेका छन्। गायकसमेत रहेका उनी इन्जिनियरिङलाई पेशा बनाउँदै अमेरिकामा बस्दै आएका छन्।

प्रकाशित: १ भदौ २०८२ १३:०५ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast