पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ९ भदौ २०८२ १९:३७ | Monday, August 25, 2025
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

धादिङ– गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ।

सडक खुलाउन प्रहरी परिचालन गरिएको छ। प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ।

प्रकाशित: ९ भदौ २०८२ १९:३७ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast