नरेश खातीको गीत ‘पैसा फल्ने बुटो’ सार्वजनिक

हिमाल प्रेस २० साउन २०८२ १६:५६
नरेश खातीको गीत ‘पैसा फल्ने बुटो’ सार्वजनिक

काठमाडौँ- ‘पैसा फल्ने बुटो’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पैसाको अभावले विभिन्न समस्यामा अल्झिएको भाव व्यक्त गरिएको छ। गीत गायक तथा संगीतकार नरेश खाती र गायिका रचना रिमालले गाएका छन्।

नरेशकै शब्द रहेको गीतमा उनलै नै संगीत भरेका छन्। सुनिल परियारको संगीत संयोजन छ। विनोद परियालले मिक्सिङ गरेको गीत मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा गायक, गीतकार तथा संगीतकार नरेशसहित उज्जवल गिरी, सञ्जना गुरुङ, र रचना न्यौपानेको अभिनय छ। त्यस्तै बाल कलाकारमा आरुषी कार्की, युनिशा घिमिरे र सुजल रसाइली छन्।

भिडियोमार्फत पैसा फल्ने बुटो देखाइदिन आग्रह गरिएको छ। जेरी भण्डारीले निर्देशन गरेको गीतको भिडियो विकाश धमलाले सम्पादन गरेका हुन्।

यस्तो छ गीत

प्रकाशित: २० साउन २०८२ १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast