दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

हिमाल प्रेस २९ साउन २०८२ १२:४० | Thursday, August 14, 2025
दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ- दरमखोला हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

जसमध्ये भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर पाएका बिक्री प्रबन्धकको भनाइ छ। कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ जनाले आवेदन दिएका थिए।

जसमध्ये १३ हजार २३९ जनाको आवेदन रद्द भएको थियो भने २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो। कम्पनीले साउन १५ गतेदेखि १९ गतेसम्म उक्त आईपीओ बिक्री गरेको थियो।

कम्पनीले २४ करोड २३ लाख १८ हजार ५०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रकाशित: २९ साउन २०८२ १२:४० | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast