‘चिठी’ निर्देशक भन्छन् : फिल्म दर्शकले रुचाउँछन् भन्नेमा ढुक्क छु

हिमाल प्रेस ६ भदौ २०८२ १३:५६ | Friday, August 22, 2025
‘चिठी’ निर्देशक भन्छन् : फिल्म दर्शकले रुचाउँछन् भन्नेमा ढुक्क छु

काठमाडौँ- असार साउनमा अफसिजन भन्दै नेपाली फिल्म प्रदर्शन भएनन्। भदौ लागेसँगै फिल्म हलमा फिल्मको लर्को छ। भदौमा ८ फिल्म प्रदर्शन हुँदैछ। ती फिल्ममा नाम चलेका र व्यस्त कलाकारका फिल्मको चर्चा बढी छ। केही कम चर्चामा रहेका फिल्म पनि ठूला चर्चित अनुहारसँग भिड्ने तयारीमा छन्।

यही मेसोमा भदौ २० मा माधवराज खरेल निर्देशित हरर कमेडी फिल्म ‘चिठी’ प्रदर्शन हुँदैछ। त्यही दिन  ‘रिमै’ पनि त्यही हलमा लाग्दैछ। फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायत चर्चित कलाकारको अभिनय छ।

चलेका कलाकार भए पनि ‘चिठी’ का निर्देशक खरेल आफ्नो फिल्मप्रति ढुक्क छन्। उनले ठूला स्टारको फिल्मसँग भिड्दैछु भन्ने कुराबाट आफूमा कुनै भयमा नरहेको बताए।

उनले कलाकार भन्दा पनि कथा कस्तो हो भन्ने कुरा प्राथमिकतामा पर्ने धारणा व्यक्त गरे। फिल्म दर्शकले आफ्नो विषय र प्रस्तुतिलाई मन पराउनुभयो भने त्यसले केही फरक पर्दैन। कलाकारभन्दा पनि फिल्म ठूलो हुन्छ। जनरा अनुसारका दर्शकले आफ्नो फिल्म रोज्नुहुन्छ भन्ने मलाई लाग्छ।’

उनले ठूला भनिएका अनुहारको फिल्मसँग चर्चाका लागि नभइ आफ्नो फिल्मप्रतिको विश्वासका कारण प्रदर्शन गरेको बताए।

‘चर्चा नै प्रमुख हुन्थ्यो भने त म त्यो भन्दा बढि चर्चा भएका फिल्मसँग आउँथे होला। विगत २५ वर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छु’, उनले भने ‘यो अवधिमा चर्चा पाउने कोण र शैली खोज्दै आजसम्म हिँडेको छैन। जुँध्ने चर्चाले भन्दा पनि दर्शकले फिल्मको बारेमा गर्ने चर्चाले म बढी खुसी हुन्छु।’

खरेलका अनुसार ‘चिठी’ सस्पेन्स थ्रिलरका तत्वहरु मिसिएको डार्क कमेडी फिल्म हो। फिल्ममा कमेडी च्याम्पियनका खड्क बहादुर पुन ‘खबपु’ , हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लगायत केही चलेका अनुहार छन्।

‘फिल्मको हिसाबले उनीहरू कम चर्चामा छन् तर लोकप्रिय कलाकार नै हो उहाँहरु पनि’, उनले भने, ‘ प्रदर्शनबारे केही तनाव नै नभएको त होइन्। वितरकलाई कन्भिन्स गर्नुपर्‍यो, दर्शकलाई कन्भिन्स गर्नुपर्‍यो। मिडियालाई कन्भिन्स गर्नुपर्यो। यस्ता कन्भिन्सिङ पाटो धेरै छन्। यसले मलाई सिकाइ पनि रहेको छ।’

प्रकाशित: ६ भदौ २०८२ १३:५६ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast