‘गुन भुल्यौ‌’ की गायिका सारिकाको अर्को गीत ‘मैना चरी’ सार्वजनिक [भिडियोसहित]

हिमाल प्रेस २५ साउन २०८२ १५:२१ | Sunday, August 10, 2025
‘गुन भुल्यौ‌’ की गायिका सारिकाको अर्को गीत ‘मैना चरी’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ- ‘गुन भुल्यौ’ बोलको गीतबाट चर्चामा आएकी गायिका सारिका घिमिरेले अर्को गीत ‘मैना चरी’ ल्याएकी छन्। गीत सारिका घिमिरे नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सारिकाकै शब्द रहेको गीतमा योगेश काजी शाहले संगीत भरेका छन्। कर्मले हारेको मैना चरीको पखेटा काटिएपछि कसरी उड्छौ भन्दै गीतमा महिलाको वेदना प्रस्तुत गरिएको छ। मैना चरीलाई प्रतीक बनाएकाे गीत महिलामाथि हुने हिंसामा आधारित छ।

बविता पाखरेलकाे काेरियाेग्राफीमा बनेकाे गीतको भिडियोमा सारिका स्वयंले अभिनय गरेकी छन्। भिडियाे गम्भीर विष्टले निर्देशन गरेका हुन्।

यस्ताे छ गीत

प्रकाशित: २५ साउन २०८२ १५:२१ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast