कोरियन भाषा परीक्षाका लागि १ लाख बढी आवेदन

हिमाल प्रेस १ भदौ २०८२ ११:५० | Sunday, August 17, 2025
कोरियन भाषा परीक्षाका लागि १ लाख बढी आवेदन

काठमाडौँ- रोजगारीका लागि कोरिया जान चाहने एक लाखभन्दा बढी नेपालीले यस वर्षको भाषा परीक्षाका लागि आवेदन दिएका छन्।

रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत साउन २६ देखि ३१ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिभित्र एक लाख २ हजार ५६४ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

यो परीक्षाबाट करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुनेछन्। जसमा उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना छनोट हुने व्यवस्था छ। तर कुन क्षेत्रमा कति आवेदन परेको हो भन्नेमा शाखाले खुलाएको छैन।

भाषा परीक्षा पहिलो चरण हो। यसमा पास हुनेले मात्रै दोस्रो चरणको सिप तथा क्षमता परीक्षणमा सहभागी हुन पाउनेछन्। अन्तिम चरणमा सफल भएकाले मात्र कोरिया रोजगारीका लागि आवेदन फारम भर्न पाउनेछन्।

प्रकाशित: १ भदौ २०८२ ११:५० | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast