कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता

हिमाल प्रेस ६ भदौ २०८२ २०:०६ | Friday, August 22, 2025
कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता सांकेतिक तस्बिर

बागमती– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित कार्की खोला (होमपाइप राखेर आवतजावत गर्न बनाइएको) मा वर्षासँगै आएको बाढीले बगाउँदा शुक्रबार एक युवक बेपत्ता भएका छन्।

मकवानपुरगढी गाउँपालिका–७ सुकौरास्थित पसलबाट घरतर्फ जान खोला तर्ने क्रममा खोलाले बगाउँदा स्थानीय २५ वर्षीय विनोद बम्जन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

वर्षासँगै अचानक खोलामा पानीको वहाब बढ्दा बेलुका ५ः०० बजेदेखि बम्जन बेपत्ता भएको र उनको खोजीका लागि पाँच प्रहरी टोली परिचालन गरी स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

प्रकाशित: ६ भदौ २०८२ २०:०६ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast