वरिष्ठ वन अधिकृतलाई सात लाख ३१ हजारको घुस लिएको अभियोगमा मुद्दा दायर

हिमाल प्रेस ३ भदौ २०८२ ७:४१ | Tuesday, August 19, 2025
वरिष्ठ वन अधिकृतलाई सात लाख ३१ हजारको घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कैलालीको चुरे गाउँपालिका ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ।

आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्न रविनकुमार श्रेष्ठले दुई लाख रुपैयाँ घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर ९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ।

न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस

प्रकाशित: ३ भदौ २०८२ ७:४१ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast