‘कश्यप’ मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा ढुंगाना

हिमाल प्रेस २६ साउन २०८२ १४:०२ | Monday, August 11, 2025
‘कश्यप’ मार्फत फिल्ममा डेब्यु गर्दै टिकटकर आभा ढुंगाना

काठमाडौँ- फिल्म ‘कश्यप’ मा टिकटकर आभा ढुंगानाले अभिनय गर्ने भएकी छन्। यो उनको डेब्यु फिल्म हो।

फिल्म निर्माण टिमसँग उनको कागजी सम्झौता भएको छ। फिल्मका निर्देशक दिनेश जी खड्काले कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको बताए।

आभाको प्रतिभा तथा प्रस्तुतिलाई आधार मानेर स्क्रिन-परीक्षण गरेरै छनाेट गरिएको उनले जानकारी दिए।

आभाले यही फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्। आभा ढुंगाना भन्छिन् ‘फिल्मको कथा, गीत/संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ ले दर्शकहरूलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।’

त्यस्तै बालकलाकार रिद्धी खत्रीले पनि नेपाली फिल्ममा डेब्यु गर्न लागेकी छन्। निर्माण टिमकाअनुसार उनी अडिसनमार्फत चयन भएकी हुन्। उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ।

यसअघि निर्माण पक्षले एक्सन कलाकारकाे भूमिकामा सविन श्रेष्ठको फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ। एक्सनसहित प्रेमकथामा बन्ने फिल्मको छायांकनको तयारी भइरहेकाे टिमले जनाएकाे छ।

प्रकाशित: २६ साउन २०८२ १४:०२ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast