कप्तानको शतकपछि नेपालले भेट्टाएको जित

हिमाल प्रेस १४ भदौ २०८२ १४:१४ | Saturday, August 30, 2025
कप्तानको शतकपछि नेपालले भेट्टाएको जित फाइल तस्बिर

काठमाडौँ- कप्तान रोहित पौडेलको शतकमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास वान डे खेल जितेको छ। शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए। सोमपाल कामी ४० रनमा अविजित रहे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए। रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए । नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए।

 

प्रकाशित: १४ भदौ २०८२ १४:१४ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast