उखु किसानसँगै धर्नामा बसे बाबुराम भट्टराई

हिमाल प्रेस १० भदौ २०८२ १५:२२ | Tuesday, August 26, 2025
उखु किसानसँगै धर्नामा बसे बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई मंगलबार माइतीघर मण्डलामा उखु किसानसँगै धर्नामा बसेका छन्।

भट्टराईले उखु किसानको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै किसानहरूले पाउँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयको विरोध गरे।

‘लामो समयको आन्दोलनपछि किसानहरूलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरूलाई अनुदान दिने कुरा भएको थियो। त्यो पनि किसानहरूको ठूलो आन्दोलनको कारणले हो। त्यो घटाएर ३५ रुपैयाँ पुर्‍याउने अनि त्यो पनि समयमा नदिने अरे! अनि सरकारले एकलौटी गर्न मिल्छ? यो त किसानहरूमाथि बदमासी र ठगी भएन?,’ भट्टराईले भने।

भट्टराईले किसानको संघर्षलाई उचित भन्दै सरकारलाई किसानमैत्री नीतिहरू लागू गर्न आग्रह गरेका छन्। उनका अनुसार किसानको पसिनाको मूल्यांकन नगरी देशको आर्थिक आधार मजबुत हुन सक्दैन।

तोकिएको अनुदान रकम नपाएको र बक्यौता भुक्तानी अझै थाती रहेको भन्दै उखु किसान तीन दिनदेखि आन्दोलित छन्। सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू आन्दाेलनमा सहभागी छन्।

प्रकाशित: १० भदौ २०८२ १५:२२ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast