अस्ट्रेलियामा क्रिकेट टोलीको पहिलो अभ्यास खेल : सन्दीपको ह्याट्रिक, नेपालको जित

हिमाल प्रेस १० भदौ २०८२ १०:११ | Tuesday, August 26, 2025
अस्ट्रेलियामा क्रिकेट टोलीको पहिलो अभ्यास खेल : सन्दीपको ह्याट्रिक, नेपालको जित

काठमाडौँ- नेपाली क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको पहिलो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई हराएको छ। नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो।

नेपालको जीतमा पूर्वकप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। ४ ओभर बलिङ गर्दा सन्दीपले ३१ रन दिए। करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १-१ विकेट लिए। एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक के‌घले २५ रन बनाए। काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेलले ३६ रन थपृ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी २० पनि खेल्नेछ।

प्रकाशित: १० भदौ २०८२ १०:११ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast