अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशयी बन्दै गएका छन् : कोइराला

हिमाल प्रेस १६ साउन २०८२ १७:२८
अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशयी बन्दै गएका छन् : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशयी बन्दै गएको बताएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याचका एमबीबीएस विद्यार्थीहरूले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कोइरालाले स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने उल्लेख गरे। उनले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको बताए।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपतिसमेत रहेका उनले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँजहाँ पुगे पनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast