भ्रष्टाचारविरुद्ध पोखरामा अख्तियार अगाडि नेसपा नयाँ शक्तिको प्रदर्शन

हिमाल प्रेस ३० साउन २०८२ १९:२४ | Friday, August 15, 2025
4
SHARES
भ्रष्टाचारविरुद्ध पोखरामा अख्तियार अगाडि नेसपा नयाँ शक्तिको प्रदर्शन

काठमाडौँ- देशमा फैलिँदो भ्रष्टाचार र त्यसविरुद्ध कारबाही गर्न जिम्मेवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मौनताप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की र नेसपा नयाँ शक्ति पोखरा महानगरपालिका समितिले आज पोखरास्थित अख्तियार कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

‘भ्रष्टाचार व्याप्त छ अख्तियार कहाँ छ?’ भन्ने मुख्य नारासहित गरिएको यो प्रदर्शनमा सरकारले भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको प्रदर्शनकारीहरूले बताए।

उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै भ्रष्टाचार मौलाएको दाबी गर्दै अख्तियारले ठूला पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिइरहेको बताए। उनीहरूले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने अख्तियार हराएको भन्दै सांकेतिक रूपमा दिउँदै टर्च बालेर खोजीसमेत गरे।

उनीहरूले ‘सरकार विचौलियाको पाइयो, राष्ट्रपति प्रणाली चाहियो’ जस्ता नारा लगाउँदै सत्तामा रहेकाहरूले जनताको ढाड सेक्ने गरी भ्रष्टाचार गरिरहेको बताए।

नेसपा नयाँ शक्तिले भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै अख्तियारले आफ्नो संवैधानिक दायित्व पूरा नगरे भ्रष्टाचारको जरा अझ गहिरो हुँदै जाने बताएको छ।

उनीहरूले अब जनताले नै सडकबाट भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्ने बेला आएको बताउँदै यस्ता प्रदर्शनहरूलाई नेसपा नयाँ शक्तिले  निरन्तरता दिने बताए।

प्रकाशित: ३० साउन २०८२ १९:२४ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast