एक वर्षमा वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

हिमाल प्रेस १४ साउन २०८२ १०:३३
4
SHARES
एक वर्षमा वीरगन्ज नाकाबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगन्ज- गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन्। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन्।

सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ। गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र  १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

गत आवमा छ अर्ब ६० करोड रुपैयाँ मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन्। ती सवारी आयातबाट यस नाकाले छ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवमा दुई अर्ब ९४ रुपैयाँ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन्।

सोही अवधिमा दुई अर्ब एक करोड रुपैयाँ मूल्यका ९१२ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्। गत आवमा नै एक अर्ब ३७ करोड रुपैयाँ मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन्।

सोही अवधिमा एक अर्ब ११ करोड रुपैयाँ मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन्। सोही अवधिमा ७१ करोड रुपैयाँका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोड रुपैयाँको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन्।

सोही अवधिमा ४३ करोड ३१ लाख रुपैयाँ मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन्। वीरगन्ज नाका हुँदै गत आवमा एक अर्ब ६४ करोड रुपैयाँ मूल्यका सानाठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।

वीरगन्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८० करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: १४ साउन २०८२ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast