तनहुँमा स्कुटर दुर्घटनामा युवकको मृत्यु

हिमाल प्रेस १२ साउन २०८२ १९:५९
18
SHARES
तनहुँमा स्कुटर दुर्घटनामा युवकको मृत्यु

पोखरा– पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका वडा ८ का २९ वर्षीय समीर कार्की हुन्।

सोमबार साँझ सवा ६ बजे डुम्रेबाट आँबुखैरेनीतर्फ उनी सवार को. २८ प. २४२२ नम्बरको स्कुटर आँबुखैरेनी १, बरादीमा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते कार्कीलाई आँबुखैरेनी अस्पतालपछि चितवन मेडिकल कलेज रेफर गरिएकोमा उपचारका क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको सूचना अधिकारी प्रहरी नायब निरीक्षक अशोक थापाले बताए।

प्रकाशित: १२ साउन २०८२ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast