रेड कार्पेटसहित अष्ट्रेलियामा प्रिमियर हुँदै फिल्म ‘पीआर’

हिमाल प्रेस ११ साउन २०८२ १२:१५
8
SHARES
रेड कार्पेटसहित अष्ट्रेलियामा प्रिमियर हुँदै फिल्म ‘पीआर’

काठमाडौँ- फिल्म ‘पीआर’ को रेड कार्पेटसहित अष्ट्रेलियाको दुई सहरमा प्रिमियर हुने भएको छ। निर्माण पक्षका अनुसार आगामी अगस्ट ९ र १२ तारिखमा अष्ट्रेलियाका प्रिमियर हुन लागेको हो। अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट फिल्मका दुई हलमा हुनेछ भने अगस्ट १२ मा न्यू क्यासलको रिडिङ फिल्मका दुई हलमा आयोजना गरिनेछ।

फिल्म अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक शोभित बस्नेत हुन्। शोभितकै कथा रहेकाे फिल्मकाे पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्।

विदेशमा रहेका नेपाली विद्यार्थीको संघर्ष र नेपालमा रहेका परिवारजनको पीडा फिल्मको मुख्य विषयवस्तु हो। फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको छ।

फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आश्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी पनि देखिनेछन्।

फिल्मका निर्मातामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा छन्। छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन भने सम्पादन बन्दे प्रसादको छ। नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको छ।

प्रकाशित: ११ साउन २०८२ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast