
काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, विकास निर्माणलगायत सबैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन्।
वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारबाही प्रति जवाफदेही समेत नदेखिएको उनले बताए।
बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभई अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरुको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गरे।
उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताए।
प्रकाशित: २९ असार २०८२ १९:१८
प्रतिक्रिया