इन्जिनियरिङ संस्थानको शैक्षिक गतिविधि ठप्प पार्ने प्राध्यापकहरूको चेतावनी

हिमाल प्रेस २५ असार २०८२ १७:४९
14
SHARES
इन्जिनियरिङ संस्थानको शैक्षिक गतिविधि ठप्प पार्ने प्राध्यापकहरूको चेतावनी

काठमाडौँ– इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पार्ने निर्णय गरेका छन्।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका इकाइहरुले बुधबार संयुक्त रुपमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नभएको भन्दै सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पार्ने निर्णय गरेको जनाएको हो।

उनीहरुले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राखेका छन्।

आफ्ना मागका बारेमा उपकूलपतिको कार्यालयमा ध्यानाकर्षण मागपत्र बुझाएर कालोपट्टीसहिको धर्ना कार्यक्रम गर्दा पनि मागका बारेमा सुनुवाई नभएकाले इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीबाट सामूहिक स्वेच्छिक राजीनामाका साथै सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द गर्ने निर्णय गरिएको प्रा.डा. संगीता सिंहले जानकारी दिइन्।

इन्जिनियरिङ शिक्षाको गुणस्तर र गरिमा बचाउने काममा आफूहरू निरन्तर लाग्ने उनीहरूले जनाएका छन्।

प्रकाशित: २५ असार २०८२ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast