दाउन्ने खण्डको सडक मर्मतपछि एकतर्फी सुचारु

हिमाल प्रेस २५ असार २०८२ १३:१७
30
SHARES
दाउन्ने खण्डको सडक मर्मतपछि एकतर्फी सुचारु

बुटवल- अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा आवश्यक मर्मतपश्चात सडक साढे १२ बजेदेखि एकतर्फी रूपमा सुचारु भएको छ। केही समयभित्रै दुईतर्फी यातायात पूर्ण रूपमा खुल्ने जनाइएको छ।

खुर्साने खोला नजिकैको क्षेत्रमा आज बिहान देखिएको अवरोधपछि सडक पूर्ण रूपमा ठप्प बनेको थियो। बिहानसम्म सवारी आवागमन भइरहेको भए पनि माथिबाट आएको पहिरो र सडक भासिएर चिरा परेपछि एक ट्रक फसेको थियो। लु १ क ५८२७ नम्बरको ट्रक निकाल्न ६ वटा मेशिन प्रयोग गरिँदैछ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार पहिरो पन्छ्याउन र ट्रक हटाउन आवश्यक इक्विपमेन्ट र जनशक्ति परिचालन गरिएको छ। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने,‘सबै शक्ति प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ। यदि पानी परेन भने दिउँसोभित्रै दुईतर्फी यातायात पनि सञ्चालनमा ल्याउने योजना छ।’

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टीसीएनचोकमा तथा पश्चिमबाट आउँदै गरेका सवारीहरू दुम्किबासमा रोकिएका थिए। वर्षा र पहिरोका कारण दाउन्ने खण्डको १४ किलोमिटर सडक खण्ड अत्यन्तै चुनौतीपूर्ण बन्दै गएको छ।

नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेकै बेला बारम्बार हुने पहिरोले पूर्व–पश्चिम यातायातमै बाधा पुर्‍याउने अवस्था आएको छ।

प्रकाशित: २५ असार २०८२ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast