
काठमाडौँ- सांसद डा.सुनिलकुमार शर्माले आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए।
उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ।
आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा.शर्माले चिकित्सकको दरबन्दी बढाउनसमेत माग गरे।
‘मेडिकल काउन्सिलमा परीक्षा दिएर शल्यक्रियाको अधिकार दिने र त्यो चिकित्सकको शल्यक्रिया ठिक छ छैन भनेर निर्णय गर्न दिने उद्योग मन्त्रालयअन्तर्गत बनेको कानुन र ननमेडिकल मान्छेहरूले गर्ने?’, सांसद डा.शर्माले भने,‘चिकित्सकको काम कारबाहीका बारेमा यसरी निर्णय गर्ने विषय लजास्पद र दुखद् हो।’