
बुटवल- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारमाथिको पनि समर्थन फिर्ता लिएकाे छ। संसदीय दलका नेता धर्म चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई इमेल मार्फत समर्थन फिर्ता पठाइएकाे बताएका हुन्। लुम्बिनी प्रदेशमा नाउपाबाट चार सांसद छन्।
केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन फिर्ता निर्णय गरेको थियाे। नाउपाले एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यलाई गत साउनदेखि समर्थन गर्दै आएको थियो। तर संघ र सुदूरपश्चिममा सरकारबाट बाहिरिएसँगै लुम्बिनीबाट पनि नागरिक उन्मुक्ति बाहिरिएकाे हाे।
नागरिक उन्मुक्तिका ससंदीय दलका नेता धर्मबहादुर चौधरीले सरकारबाट बाहिरिएकाे संसदीय दलका नेता चाैधरीले बताए। अहिलेकै अवस्थामा ८६ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई ६५ जनाको समर्थन रहेको छ। जनमतकी प्रदेशसभा सदस्य गीता गुरूङ पदमुक्त भएपछि अहिले लुम्बिनी प्रदेशसभा ८६ सांसद छन्। नागरिक उन्मुक्तिले समर्थन फिर्ताको पत्र बुझाएपछि ६१ जनाको समर्थन आचार्यलाई रहने छ।