अघि बढ्यो मादीको कफुचे–कोरी पदमार्ग स्तरोन्नति

हिमाल प्रेस २२ असार २०८२ १२:५३
14
SHARES
अघि बढ्यो मादीको कफुचे–कोरी पदमार्ग स्तरोन्नति

कास्की- मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गको स्तरोन्नति कार्य अघि बढाइएको छ। मादमे खोला जलविद्युत् आयोजनाको ३० लाख रुपैयाँ सहयोगमा मादी गाउँपालिका र स्थानीय समितिको सहकार्यमा काम भइरहेको हो।

वडाध्यक्ष देवीजंग गुरुङका अनुसार हालसम्म १० लाख रुपैयाँ बराबरको काम सकिएको छ भने बाँकी २० लाखको काम जारी छ। स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेसँगै पदमार्गलाई थप व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।

कफुचे हिमतालदेखि कोरीसम्मको पदमार्ग हिमपहिरो अवलोकन, हिमाल दृश्य, तालको सौन्दर्य र जैविक विविधताका कारण पर्यटकको आकर्षण बनेको छ।

समुद्री सतहबाट २,४२१ मिटर उचाइमा रहेको कफुचे हिमताल विश्वकै कम उचाइको हिमताल मानिन्छ। यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल नजिकबाट देखिन्छन्।

कोरीडाँडा पुग्न सिक्लेसबाट नौ घण्टाको पदयात्रा गर्नुपर्छ। पुराना व्यापारिक बाटाहरू भएर जाने यो पदमार्ग अहिले हाइकिङ र पदयात्राका लागि लोकप्रिय बन्दै गएको छ।

असारमा बढी झाडी र पहिरोको जोखिमका कारण एक महिनाका लागि यात्रा रोकिएको छ भने साउनदेखि पुनः सञ्चालन गरिनेछ।

प्रकाशित: २२ असार २०८२ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast