‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त छ : पाठ्यक्रम विकास केन्द्र

हिमाल प्रेस १८ असार २०८२ ११:०९
18
SHARES
‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त छ : पाठ्यक्रम विकास केन्द्र

काठमाडौँ- फिल्म ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

केन्द्रको समकक्षता तथा मूल्यांकन शाखाले फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्टलाई एउटा पत्राचारमार्फत शुभकामना सन्देशसहित यस्तो सन्देश पठाएको हो।

नेपाली भाषा र संस्कृतिमा आधारित फिल्म रहेको भन्दै पत्राचारमा सरोकारवाला निकायको स्वीकृति लिई देखाउनु उपयुक्त हुने उक्त पत्रमा उल्लेख छ।

पत्रमा लेखिएको छ, ‘समाजमा सकारात्मक प्रभाव पार्ने फिल्महरुलाई राज्यका निकाय तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण सम्वर्द्धन गर्नुपर्ने देखिन्छ। भविष्यका कर्णधार आजका बालबालिकालाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो फिल्मलाई सरोकारवाला निकाइको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ।’

यहि असार २७ देखि प्रदर्शन हुने फिल्मका निर्देशक साहित्यकार मित्र प्रधान (नर) हुन्। फिल्मको कथा शिवम् अधिकारीले लेखेका छन्। फिल्ममामा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायत कलाकारको अभिनय छ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) हुन्। फिल्ममा सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादनमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast