सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु

हिमाल प्रेस ३२ असार २०८२ ८:०९ | Wednesday, July 16, 2025
सेफ्टी ट्यांकीमा खसेर बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

चितवन- भरतपुर अस्पतालको सेफ्टीट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो।

मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्यांकीमा खसेकी थिइन्। उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो।

प्रकाशित: ३२ असार २०८२ ८:०९ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast