साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर बिहीबार सार्वजनिक बिदा

हिमाल प्रेस ३२ असार २०८२ १४:०० | Wednesday, July 16, 2025
साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभर बिहीबार सार्वजनिक बिदा

सुर्खेत- कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति र देउडा पर्वको अवसरमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा भोलि साउन १ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ सालको चैत १७ गते उक्त निर्णय गरेको हो। बिदासम्बन्धी जानकारीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले बुधबार सूचना जारी गरेको छ।

मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमका अनुसार पर्वको सांस्कृतिक र क्षेत्रीय महत्वलाई ध्यानमा राख्दै बिदा दिइएको हो।

प्रकाशित: ३२ असार २०८२ १४:०० | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast