 
                             
                                            काठमाडौँ- सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिहरूसम्बन्धी उजुरी दिन आयोगले पुनः आह्वान गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सबै गाउँपालिका र नगरपालिकामा पठाइएको सूचनामा उजुरी दिन आह्वान गरिएको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालको अनुरोधअनुसार द्वन्द्व पीडितले २०८२ भदौ ४ गतेभित्र तोकिएको इमेल ठेगानामा उजुरी दर्ता गराउन सकिनेछ।’
मन्त्रालयले वडास्तरसम्म जानकारी पुर्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
                            प्रकाशित: १५ साउन  २०८२ १६:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 