सरकार परिवर्तनको खेलमा लागेको छैन : कोइराला

हिमाल प्रेस १४ साउन २०८२ १४:३७ | Wednesday, July 30, 2025
सरकार परिवर्तनको खेलमा लागेको छैन : कोइराला फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफु नलागेको बताएका छन्।

बुधबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफुले अन्य दलका नेताहरुलाई भेट गरेको तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको स्पष्ट पारे। उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफुहरुसँग त्यो संख्या नभएको उल्लेख गरे।

कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताए। नेता कोइरालाले पुर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा र्फकन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे।

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संसोधनलाई प्राथमिकतामा राखेको भए पनि अहिले सम्म संविधान संसोधनका लागि कार्यदल नबनाएको गुनासो गरे। निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै यसमा राजनैतिक दलका शीर्ष नेताहरुले चलखेल गरिरहेको उनको आरोप छ।

प्रकाशित: १४ साउन २०८२ १४:३७ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast