विद्यालाई रोकेपछि एमाले काठमाडौँ अध्यक्षको कटाक्ष : मदन भण्डारीलाई बोल्न नदिएको इतिहास पनि छ

हिमाल प्रेस ७ साउन २०८२ ९:०५ | Wednesday, July 23, 2025
विद्यालाई रोकेपछि एमाले काठमाडौँ अध्यक्षको कटाक्ष : मदन भण्डारीलाई बोल्न नदिएको इतिहास पनि छ

काठमाडौँ- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाएपछि असन्तुष्टि पैदा हुन थालेको छ। नेताहरूले भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिनु गलत भएको प्रतिक्रिया दिइरहेका छन्।

एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले एमालेको मंगलबारको निर्णयलाई ५ औँ महाधिवेशनसँग तुलना गरेका छन्। निरौलाले एमालेको ५ औँ महाधिवेशनमा मदन भण्डारीलाई बोल्न नदिएको भन्दै कटाक्ष प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्,‘ इतिहास साक्षी छ पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको । यसै गरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए । यसै गरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेगकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।’

एमालेले भण्डारी पूर्वराष्ट्रपति सम्मानिय व्यक्ति भएको भन्दै एमाले आउन नदिने निर्णय लिएको थियो।

प्रकाशित: ७ साउन २०८२ ९:०५ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast