विद्यार्थीका लागि एनसेलको ‘सधैँ अन रिन्युअल’ नयाँ योजना सार्वजनिक

हिमाल प्रेस ११ साउन २०८२ १३:०३ | Sunday, July 27, 2025
विद्यार्थीका लागि एनसेलको ‘सधैँ अन रिन्युअल’ नयाँ योजना सार्वजनिक

काठमाडौँ- एनसेल आजियाटाले विद्यार्थीका लागि लक्षित गर्दै ‘सधैँ अन रिन्युअल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीसहित सम्पूर्ण विद्यार्थीलाई सुलभ दरमा इन्टरनेट, मनोरञ्जन र सञ्चार सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

करसहित मासिक ३९९ रुपैयाँ र सोभन्दा माथिका शुल्कमा उपलब्ध यस योजनामा अनलिमिटेड फेसबुक, टिकटक र युट्युब, लाइन्सगेट प्लेमा प्रिमियम सामग्री पहुँच, अनलिमिटेड नाइट डेटा र अन्य बन्डल सेवाहरू समावेश छन्।उदाहरणका लागि ३९९ को योजनामा ग्राहकले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन्। यस्तै, ५९९ को योजनामा ५९९ मिनेट टक टाइम, २० जीबी डेटा र ५९ वटा एसएमएस समावेश छन्।

विद्यार्थीले यो योजना उपयोग गर्नका लागि पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबाबुको नागरिकताको प्रतिलिपि लिएर नजिकको एनसेल सेन्टर वा अधिकारिक बिक्रेताकोमा जान सक्नेछन्।

एनसेलले जनाएको अनुसार यो योजना विद्यार्थीको डिजिटल यात्रा सुरु गर्न, मनोरञ्जनमा सहज पहुँच दिलाउन र साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहन सहयोग गर्ने विश्वास गरिएको छ।

कम्पनीले विद्यार्थीको हितमा आधारित योजना ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै ‘सधैँ अन रिन्युअल’ योजनाले डिजिटल समावेशीतालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ११ साउन २०८२ १३:०३ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast