भेरी नदीमा फसेका चारको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

हिमाल प्रेस १३ साउन २०८२ १२:३३ | Tuesday, July 29, 2025
भेरी नदीमा फसेका चारको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

काठमाडौँ- डोल्पाको ठूलीभेरी नगरपालिका ३ स्थित ठूलीभेरी नदीमा दाउरा संकलनका क्रममा नदीको बीचमा फसेका स्थानीय ४ जनालाई नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले उद्धार गरेको छ।

पानीको बहाव अचानक बढेसँगै उक्त चार जनालाई नदीको प्रभेदमा अल्झिइ हतारहतारमा संकटमा परेको अवस्थामा उद्धार गरिएको हो।

नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयस्तरको समन्वयमा उक्त व्यक्ति समूहलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लैजान सफल भएको हो। उद्वार गरिकाहरुमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षी लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा छन्।

उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको नेपाली सेनाले बताएको छ।

प्रकाशित: १३ साउन २०८२ १२:३३ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast