फिल्म जनक्रान्ति निर्माण हुने

हिमाल प्रेस १० साउन २०८२ १४:०९ | Saturday, July 26, 2025
फिल्म जनक्रान्ति निर्माण हुने

काठमाडौँ- गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक फिल्म जनक्रान्ति निर्माण गरिने भएको छ। शनिबार उक्त फिल्मको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन्।

पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले फिल्म युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे।

हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो। रुद्राक्ष फिल्स प्रा।लि।को व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक फिल्म जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्।

भाद्र दोस्रो साता देखी फिल्मको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ। जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए।

फिल्ममा गणतन्त्र स्थापनाका लागी भएका विभिन्न आन्दोलनको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए। सत्य घटनामा आधारीत हुने फिल्म नयाँ पुस्ताका युवाका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ।

फिल्मको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाङ भोजपुर तथा तराई मधेशको सर्लाही मा गरिने छ।

प्रकाशित: १० साउन २०८२ १४:०९ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast