पार्टीको हितविपरीत हुने विषयवस्तु सामाजिक सन्जालमा नलेख्न नेता कार्यकर्तालाई राप्रपाको निर्देशन

हिमाल प्रेस ३ साउन २०८२ ७:०३ | Saturday, July 19, 2025
पार्टीको हितविपरीत हुने विषयवस्तु सामाजिक सन्जालमा नलेख्न नेता कार्यकर्तालाई राप्रपाको निर्देशन राप्रपाकी सांसद रोशन कार्की।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र बृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।

आज राप्रपाको केन्द्रीय अनुशासन समितिकी अध्यक्ष एवं पार्टीकी वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी जानकारी दिए।

‘बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्नरनगराउन हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ३ साउन २०८२ ७:०३ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast