नेसपा नयाँ शक्तिले प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालन अभिायन पुनः सुरु गर्ने

हिमाल प्रेस ४ साउन २०८२ १२:१३ | Sunday, July 20, 2025
नेसपा नयाँ शक्तिले प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालन अभिायन पुनः सुरु गर्ने

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पाँच महिने प्रशंसा अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टीका महासचिव सोनामसिंह स्याङ्तानले यसअघि सञ्चालन गरेको तीन महिने प्रशंसा अभियान प्रभावकारी भएको निष्कर्षपछि दोस्रो चरणमा पाँच महिने अभियान सुरु गर्न लागिएको जानकारी दिए।

‘प्रशंसा अभियान भनेको प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालनसँग जोडिएको अभियान हो’ महासचिव स्याङ्तानले भने, ‘यो अभियान जनताको मुद्दा उठाउने, शासन प्रणालीमा देखिएको कमजोरी उजागर गर्ने र भ्रष्टाचारविरुद्ध जनमत तयार पार्ने उद्देश्यले सुरु गरिएको हो।’

आगामी २०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टी आन्तरिक रूपमा सुदृढ हुँदै अघि बढिरहेको उनले बताए। ‘निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ,’ स्याङ्तानले भने, ‘मजबुत संगठन, नीति र एजेन्डाहरूलाई जनतासम्म कसरी पुर्‍याउने भन्नेमा काम गरिरहेका छौं।’

प्रकाशित: ४ साउन २०८२ १२:१३ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast