नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता

हिमाल प्रेस १३ साउन २०८२ २१:२६ | Tuesday, July 29, 2025
नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता सांकेतिक तस्बिर

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। एक जना आज (मंगलबार) बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज (मंगलबार) साँझ ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएका हुन्। ‘साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भनिन्, ‘बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।’

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्।

प्रकाशित: १३ साउन २०८२ २१:२६ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast