 
                             
                                            काठमाडौँ- गायक दुर्गेश थापाको ‘जाने भए जाम माया’ बोलको गीत युट्युबको ट्रेन्डिङ दुईमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा परेको हो।
बिहीबार दिउँसोसम्म गीतले साढे १६ लाख भ्युज बटुलिसकेको छ। साथै साढे १६ हजार दर्शकले गीतबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको भिडियोमा देखिएका दुर्गेश थापा, भ्लगर सिसन बनियाँ र ‘भाइरल’ गुराँस नानीको सहकार्यलाई दर्शकले रूचाएका छन्।
शिव बि.कको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियो हरि हुमागाईं र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।
गीतको शब्द, संगीत र संगीत संयोजन गायक दुर्गेशले नै तयार गरेका हुन्। गायनमा भने दुर्गेशसहित सिसन बानियाँ र अल्हाजी गेरोले गाएका छन्।
यस्तो छ गीत
                            प्रकाशित: २६ असार  २०८२ १३:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 