तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

हिमाल प्रेस ८ साउन २०८२ ६:५९ | Thursday, July 24, 2025
तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

काठमाडौँ- काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटनामा परेको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नम्बरको नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स गएराति करिब १० बजेतिर दुर्घटनामा परेको हो।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको जानकारी दिए।

एम्बुलेन्समा चालक मात्र थिए। दुर्घटनामा चालक दुर्गा कोइराला सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ८ साउन २०८२ ६:५९ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast