डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा

हिमाल प्रेस ३२ असार २०८२ १५:२२ | Wednesday, July 16, 2025
डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा प्रदीप पौडेल

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले डेङ्गी संक्रमण नियन्त्रण गर्न डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डेङ्गी नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

डेङ्गी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्यमन्त्री पौडेलले श्रावण महिनाबाट डेङ्गी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

डेङ्गी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेङ्गी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनले बताए।

मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको चार महिना सबै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे। डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सबै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए।

डेङ्गी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेङ्गी संक्रमित भएका छन्।

प्रकाशित: ३२ असार २०८२ १५:२२ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast