गिरीमाथिको कारबाहीले राप्रपामा बढ्यो टकराब, कारबाही फिर्ता गर्न दबाब

हिमाल प्रेस ६ साउन २०८२ १०:४७ | Tuesday, July 22, 2025
गिरीमाथिको कारबाहीले राप्रपामा बढ्यो टकराब, कारबाही फिर्ता गर्न दबाब

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य र उपाध्यक्षबाट मुकुन्दश्याम गिरीलाई हटाएपछि राप्रपाको थप विवाद बढेको छ। केही दिनअघि लिङ्देनले विज्ञिप्तिमार्फत गिरीलाई हटाएको जानकारी दिएपछि गिरीको पक्षमा वकालत गर्ने बढेका छन्।

गिरीको न्यायका लागि राप्रपा नेताहरू निर्वाचन आयोग समेत पुगेका छन्। कर्णालीबाट प्रतिनिधित्व गर्ने गिरीको पक्षमा सोही प्रदेशका केन्द्रीय प्रतिनिधिदेखि केन्द्रीय सदस्यसम्मले
आवाज उठाइरहेका छन्।

कर्णालीका ९ जिल्लाकै जिल्ला अध्यक्षहरूले पनि गिरीलाई हटाउनु गलत रहेको बताए। आज फेरि कर्णालीकै सुर्खेत जिल्ला निर्वाचन क्षेत्रका अध्यक्ष र भातृ संगठनको अध्यक्षहरूले गिरीको पक्षमा वकालत गरेका छन्।

राप्रपा १ सुर्खेतका अध्यक्ष, किसान संगठन सुर्खेतका अध्यक्ष, राप्रपा सुर्खेतका विद्यार्थी संगठनका अध्यक्ष, युवक संघ कर्णाली र सुर्खेत अध्यक्षहरू र महिला संघले समेत सामूहिक अपिलमार्फत गिरीलाई विधानविपरीत हटाइएको बताएका छन्।

प्रकाशित: ६ साउन २०८२ १०:४७ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast