गायिका देविका बन्दनाको गीत ‘सोलुको मैच्याङ’ सार्वजनिक

हिमाल प्रेस २ साउन २०८२ १८:३१ | Friday, July 18, 2025
गायिका देविका बन्दनाको गीत ‘सोलुको मैच्याङ’ सार्वजनिक
काठमाडौँ- गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार राजु सिंह, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईलगाय उपस्थित थिए।

सोलुखुम्बुको पर्यटन तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले सोलुको मैच्याङ गीत ल्याएको गायिका देविका बन्दनाले बताइन्। ‘केही समयअघि चीन जाँदा सोलुखुम्बुका जनप्रतिनिधिहरुसँग भेट भएको थियो, उहाँहरुसँगको साक्षात्कारबाट त्यहाँको कला, संस्कृति र पर्यटनबाट प्रभावित भएकी थिए,’ उनले भनिन्।

थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले म्युजिक भिडियोमा सोलुखुम्बु झल्किएको उल्लेख गरे। ‘गीतमा व्यक्त भएका शब्द मर्मस्पर्शी छ,’ उनले भने।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरजस्तो रोगलाई जितेर फेरि कलाकारितामा सक्रिय हुनुभएकी कलाकार देविका बन्दनाप्रति आभार व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिए।

देविका बन्दनाकै शब्द रहेको गीतमा किरण कँडेलले संगीत भरेका छन्। गीतमा पनि देविका र किरणको स्वर छ। कमल राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा सत्यकला लामा, फुर्बा ग्याल्बो मोक्तान ‘थुप्तेन’ र विशाल गुरुङले अभिनय गरेका छन्। गीत देविका बन्दना नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गायिका बन्दनाको  ‘भरे आउँछु सपनीमा’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तल तल तल तल बेँसीमा मैच्याङ’, ‘मास्टर साहेब सिकाइदेऊ पिरती’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउल’लगायतका थुप्रै गीत चर्चित छ।

प्रकाशित: २ साउन २०८२ १८:३१ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast