काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको थोक मूल्यअनुसार फलफूलको मूल्यमा उल्लेखनीय विविधता देखिएको छ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३४० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, अनार ३५० रुपैयाँ, कागती १५० रुपैयाँ र आँप (माल्द तथा दशहरी) दुबै १३५ रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।
त्यस्तै, हरियो तरबुजा ११० रुपैयाँ, मौसम १६०, जुनार २५०, काँक्रो (लोकल) ५०, काँक्रो (हाइब्रिड) २०, नास्पाती ४०, मेवा (भारतीय) १००, लप्सी ५० र रुखकटहर ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुने समितिले जानकारी दिएको छ।
प्रकाशित: २ साउन २०८२ ९:१७ | Friday, July 18, 2025
प्रतिक्रिया





