कालीमाटीमा आज : चिचिण्डो र घिरौँला प्रतिकिलो ३०, पुदिना २१० रुपैयाँ

हिमाल प्रेस ९ साउन २०८२ ८:४४ | Friday, July 25, 2025
कालीमाटीमा आज : चिचिण्डो र घिरौँला  प्रतिकिलो ३०, पुदिना २१० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागपात तथा मौसमी तरकारीको मूल्य सार्वजनिक गरेको छ।

सागपात तथा अन्य मौसमी तरकारीहरूमा घिउ सिमी (लोकल) ६०, हाइब्रिड ४०, टाटे सिमी ६५, भटमास कोसा १००, तीतो करेला २०, लौका ३०, तराईको परबर ३५, चिचिण्डो ३०, घिरौँला ३०, झिगुनी ४५, पाकेको फर्सी ५०, हरियो लाम्चो फर्सी ३०, डल्लो फर्सी ४०, सलगम ७० र भिण्डी ३० रुपैयाँ तोकिएको छ।

त्यस्तै, सखरखण्ड ८०, पिँडालु ७०, स्कूस ३५, रायो साग ६०, पालुङ्गो साग ७०, तोरीको साग ४५, हरियो प्याज २५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, कुरिलो २५०, निगुरो ८०, ब्रोकाउली १६०, चुकुन्दर ७०, सजिवन २२०, रातो बन्दा २५०, जिरीको साग १००, सेलरी १२०, पार्सले १२००, सौफ साग १७०, पुदिना २१०, इमली २००, तामा ११०, तोफु १२० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

प्रकाशित: ९ साउन २०८२ ८:४४ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast