कांग्रेस र एमालेले देश लुट्न टेन्डर पारेजस्तै गरे : लिङ्देन

हिमाल प्रेस ७ साउन २०८२ १४:११ | Wednesday, July 23, 2025
कांग्रेस र एमालेले देश लुट्न टेन्डर पारेजस्तै गरे : लिङ्देन संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले मिलेर देश लुट्न टेन्डर पारेजस्तो व्यवहार गरिरहेको आरोप लगाएका हुन्।

उनले कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको दाबी गरे। सार्वजनिक विवादमा आएका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको उनको माग छ।

अध्यक्ष लिङ्देनले अहिले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको पनि बताए। उनले भने, ‘भ्रष्टाचार अन्त्य कर्मचारीलाई कारबाही गरेर मात्रै हुँदैन। राजनीतिक तहमा नै छानबिन हुनुपर्छ।’

लिङ्देनले सदनमा निरन्तर छानबिन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अब सडकबाट दबाब दिने चेतावनी दिए। आफ्ना माग पूरा नभएको भन्दै राप्रपा सांसदहरुले समेत सदन बहिष्कार गरेका छन्। यसैगरी रास्वपाले पनि सदन बहिष्कार गरेको छ

प्रकाशित: ७ साउन २०८२ १४:११ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast