एनसेलको ‘सधैँ अन रिन्युअल’ योजना : विद्यार्थीका लागि अनलिमिटेड फेसबुक, टिकटक र युट्युब

हिमाल प्रेस ७ साउन २०८२ २१:१२ | Wednesday, July 23, 2025
एनसेलको ‘सधैँ अन रिन्युअल’ योजना : विद्यार्थीका लागि अनलिमिटेड फेसबुक, टिकटक र युट्युब

काठमाडौँ- एनसेलले विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष ‘सधैँ अन रिन्युअल’ योजना ल्याएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका तथा अन्य सबै विद्यार्थीका लागि तयार पारिएको यो योजना सुलभ दरमा मनोरञ्जन र दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्नका लागि ल्याइएको एनसेलले जनाएको छ।

योजनाअन्तर्गत करसहित मासिक ३९९ रुपैयाँ वा सोभन्दा माथिको शुल्कमा विद्यार्थीहरूले अनलिमिटेड फेसबुक, टिकटक, युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्री, अनलिमिटेड नाइट डेटालगायतका सेवाहरू प्राप्त गर्न सक्नेछन्।

एनसेलले जनाएअनुसार ३९९ रुपैयाँको योजनामा ३० दिनका लागि ३९९ मिनेट अल नेपाल टक टाइम, ८ जीबी डेटा र ३९ एसएमएस प्राप्त हुनेछ। त्यस्तै ५९९ रुपैयाँको योजनामा ५९९ मिनेट टक टाइम, २० जीबी डेटा र ५९ वटा एसएमएस उपलब्ध हुनेछ।

यस योजनाअन्तर्गत नयाँ सिम वा ई–सिम लिन विद्यार्थीहरूले पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपिका साथ एनसेल सेन्टर वा आधिकारिक विक्रेतासँग सम्पर्क गर्नुपर्ने हुन्छ।

प्रकाशित: ७ साउन २०८२ २१:१२ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast