उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

हिमाल प्रेस १५ साउन २०८२ १५:३८ | Thursday, July 31, 2025
उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामी सन् २०२६ मा विकसित मुलुुकमा स्तरोन्नति हुँदैछौँ। त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ। हाम्रो देश अरूले आएर बनाइदिँदैन। हामीले नै बनाउने हो। प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा ‘वी क्यान डू’…नेपाल बन्छ।’

प्रकाशित: १५ साउन २०८२ १५:३८ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast