उदयपुरगढीको अँधेरीमा ट्रक दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस १५ साउन २०८२ ११:२३ | Thursday, July 31, 2025
उदयपुरगढीको अँधेरीमा ट्रक दुर्घटना, एकको मृत्यु

कटारी- उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: १५ साउन २०८२ ११:२३ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast