आन्दोलनको तयारीमा राहत शिक्षक

हिमाल प्रेस ११ साउन २०८२ १५:०२ | Sunday, July 27, 2025
आन्दोलनको तयारीमा राहत शिक्षक

काठमाडौँ- नेपाल राहत शिक्षक राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले राहत शिक्षकलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराई पेसागत निरन्तरता सुनिश्चित गर्न माग गरेको छ। पेसागत निरन्तरता सुनिश्चित नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकका लागि ‘गोल्डेन ह्याण्डसेक’को व्यवस्था हुनुपर्ने बताए। साथै, खाली राहत दरबन्दीलाई स्वतः स्वीकृत दरबन्दीमा रूपान्तरण गरी खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति दिनुपर्ने माग गरे।

उनले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धामा कार्यरत राहत शिक्षकलाई उमेर सीमा नलगाई सहभागी हुन सक्ने व्यवस्था गरिनुपर्ने पनि बताए। साथै, यी मुद्दाहरू शिक्षा ऐनमा समावेश गराउन समितिले शिक्षक महासंघमार्फत सरकारलाई दबाब दिने उल्लेख गरे।

शिक्षा विधेयकमा विद्यार्थी संगठनहरूको नजर, अस्थायी शिक्षकलाई खुला प्रतिस्पर्धाबाटै स्थायी गर्नुपर्छ

प्रकाशित: ११ साउन २०८२ १५:०२ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast