सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस २७ असार २०८२ १२:१९ | Friday, July 11, 2025
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्छ :  प्रधानमन्त्री

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले आज आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन-२०८२ को उद्घाटन गर्दै उनले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने,‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्त्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु।’

उनले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको बताए। ‘तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ। विद्यालयमा छात्राहरूको संख्या छात्रहरूको भन्दा बढी छ। नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ’, प्रधानमन्त्री ओलीले भने।

प्रकाशित: २७ असार २०८२ १२:१९ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast