समाजवादी मोर्चाको बैठक बस्दै

हिमाल प्रेस १३ साउन २०८२ ११:३२ | Tuesday, July 29, 2025
समाजवादी मोर्चाको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो बस्ने भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने नेकपा एकीकृत समाजवादी स्रोतले जनाएको छ।

समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुनेछ।

मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए।

प्रकाशित: १३ साउन २०८२ ११:३२ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast